काठमाडौं- बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ। मंगलबार नेपाली बजारमा ९२ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ९३ हजार रुपैयाँ कायम भएको हो। बिहीबार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि एकै दिन तोलामा २५ रुपैयाँ बढेको छ। मंगलबार १२ सय १० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।