मंगलबार, वैशाख १८ गते २०८१    
images
images

सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

images
images
images
सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

'सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो।'

images
images

काठमाडौं- सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ।

images
images
images

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकका लागि योगदानमा आधारित सुरक्षा प्रणालीमा आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ का वक्ताले सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको न्यून उपस्थिति रहेको बताएका हुन्।

images

कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक नरेशराज खरेलले काम गर्न नसक्ने अवस्थामा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने भएकाले सबै व्यवसायी तथा श्रमिक उक्त कोषमा आबद्ध हुनुपर्ने बताए। 'योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग पुग्नेछ,' उनले भने।

images

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विसं २०७६ साउनदेखि लागु भएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हालसम्म पाँच लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको र तीन लाख श्रमिकले निरन्तर कोषमा योगदान गरिरहेको उल्लेख गरे। श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने हक संविधानले नै प्रदान गरेकाले सरकारले उक्त योजना अगाडि सारेको उनको भनाइ छ।

images
images

कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले अन्य क्षेत्रको भन्दा पर्यटन क्षेत्रको आबद्धता सामाजिक सुरक्षा कोषमा कमी भएको बताए। 'सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो,' उनले भने।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले श्रमिकका लागि जोखिमपूर्ण मानिएको साहसिक पर्यटन यामअनुसार चल्ने भएकाले सामाजिक सुरक्षा कोषमा यस क्षेत्रको आबद्धता कमी भएको बताए। उनले टानमा आबद्ध सबै व्यवसायीलाई र त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन लागिएको उल्लेख गरे।

टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले जोखिमपूर्ण अवस्थामा रहेका नेपालका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आबद्ध टानका कार्यसमितिको पदाधिकारी तथा सदस्यलाई आबद्धता प्रमाणपत्र वितरण गरिएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रमा क्रियाशील नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल (नाट्टा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)लगायतका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता रहेको थियो। रासस

images

प्रकाशित : आइतबार, चैत २५ २०८००६:३०

प्रतिक्रिया दिनुहोस