आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

images
आइतबार, चैत २५ २०८०
images
images
सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकले सुदूरपश्चिमको सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आउदै गरेको १७औँ वार्षिकोत्सवका अवसरमा नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ।

images
images

बैशाख ७ मा वार्षिकोत्सव मनाउने तरखर गरेको बैंकले शनिबार निःशुल्क स्वास्थ्य शिविर चलाएको हो। बैंकले सुदूरपश्चिमको सुख्खड शाखार बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।

images
images

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ८ आमफाँटा कैलालीमा अवस्थित स्थानिय सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ।

images
images
images

यसैगरी बागमती प्रदेशको काठमाडौं जिल्लाअन्तर्गत कपन शाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

कार्यक्रममा सरस्वतीनगरको परिक्रमा र्याली साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो। यसका साथै विरामीहरुको रक्तचाप, मधुमेह परीक्षण लगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियो। उक्त स्वास्थ्य शिविरहरुमा करिब ३ सय ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरुमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट सकारात्मक परिवर्तन ल्याउनका निम्तिसमेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४३ हजार ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, चैत २५ २०८०१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend