मंगलबार, वैशाख १८ गते २०८१    
images
images

सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको 'हेवा खोला ए' को निर्माण ५० प्रतिशत पूरा, एक वर्षभित्र सम्पन्न हुने

images
बिजनेस न्युज
images
images
सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको 'हेवा खोला ए' को निर्माण ५० प्रतिशत पूरा, एक वर्षभित्र सम्पन्न हुने

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ।

images
images

काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै सुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ।

images
images
images

ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधिन छ। आयोजनाको निर्माणकार्य सुरु भएको ९ महिना नपुग्दै करीब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए।

images

आयोजनाका अधिकारीहरुका अनुसार लक्ष्य भन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ माघ भित्र निर्माणकार्य सम्पन्न हुनेछ।

images

आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध,विद्युत गृह लगाएतका मुख्य मुख्य संरचनाहरुको निर्माणकार्य प्रगति निर्धारित लक्ष्यभन्दा बढी भइको छ।

images
images

आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आईसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भैरहेको छ। विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाइ छ।

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ।

images

प्रकाशित : आइतबार, चैत २५ २०८००५:५१
प्रतिक्रिया दिनुहोस