आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा, आगामी बैशाखसम्म सम्पन्न हुने

images
आइतबार, चैत २५ २०८०
images
चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा, आगामी बैशाखसम्म सम्पन्न हुने

सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो। कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ।

images
images

दोलखा- चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ। आउँदो बैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो। सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो।  

images
images
images

कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ। सडक विस्तार र कालोपत्रको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

images
images

सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर भरतकुमार यादवले बताए। उनले ९८ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए। 

images
images

सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भईसकेको प्रमुख यादवको भनाइ छ। देउरालीदेखि सुरु गरेको कालोपत्र अघिल्लो जेठमै एक किलोमिटर सम्पन्न भएको थियो। केही दिन अगाडी सकिने काम पानी परेकाले रोकिएको कार्यालयले जनाएको छ।

सडकको लम्बाइ  पाँच किलोमिटर र चौडाइ  छ मिटर छ। सडकमा दुईतर्फी गाडी आवतजावत गर्न सक्ने प्राविधिकको भनाइ छ। सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ। मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी बैशाखभित्र सम्पूर्ण काम सकिने प्रमुख यादवले बताए।

१८ महिनामा काम पूरा सम्झौता सहित २०७९ भदौ २ गते जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुंगाले ठेक्का लिएको थियो। निर्माण व्यवसायीका प्रतिनिधि सुदिप सुनुवारले समयमा साइट क्लियर भएपनि २०८० साउनदेखि मङ्सिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए।

'ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न गर्नुपर्ने भएपनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामलाइ तिव्रता दिइरहेका थियौँ,' निर्माण व्यवसायी सुनुवारले भने, 'सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नुप-यो क्रसर बन्दले निर्माण सामग्री पाएनौँ।'

सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका-६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम  ढिला भएको उनले बताए।

ढल विकासको कामले सडकको सतह विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ। सडकको १७ करोड ३५ लाख रूपैयाँमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो। पूर्व निर्धारित डिजाइन अनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ। 

सम्झौता अनुसार समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो। भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालोपत्र सम्पन्न भएपनि सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान हुने विश्वास व्यक्त गरे। चरिकोटबाट कालिञ्चोक जाने सडकको दुरावस्थाले गर्दा मकैबारीबाट पर्यटक कालिञ्चोक जाने गरेका छन्। 

चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने माग गर्दै आएका छन्। पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ। रासस


प्रकाशित : आइतबार, चैत २५ २०८०१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend