आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बिक्न छाडे चोयाका सामग्री

images
आइतबार, चैत २५ २०८०
images
बिक्न छाडे चोयाका सामग्री

बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाइमा चोयाका सामग्री पर्न छाडे। गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन्। त्यसले मौलिक सीप विस्थापित हुने स्थितिमा पुगेको छ।

images
images

बागलुङ- निसीखोला गाउँपालिका-६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आएका छन्। घर नजिकैको जंगलमा प्रशस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उनले सानैबाट सिके।

images
images
images

बाउ बाजेले बुनेको देखेर सिकेका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिएका छन्। हिजोआज चोयाका सामग्री बिक्री हुन छाडेपछि उनीमा त्यत्ति जाँगर छैन। 

images
images

एक दशक अगाडिसम्म चोयाका सामग्री नै बेचेर परिवार चलाउँदै आएका भुमबहादुर अहिले पेसा परिवर्तन गर्ने सोचमा छन्। बजारमा आएका प्लास्टिकका सामानले चोयाका सामग्री प्रयोग हुन छाडेपछि के पेसा अँगाल्ने होला भन्ने चिन्ता उनलाई छ।

images
images

पहिले-पहिले गाउँमा किलोग्राममा किनबेच हुँदैनथ्यो। माना, पाथीका हिसाबले अन्नपात किनबेच गरिन्थ्यो। पछिल्लो समय माना पाथीको प्रचलन हराउँदै गएका छन्।

बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाइमा चोयाका सामग्री पर्न छाडे। मेला महोत्सवका बेला टाढा पुगेर डाला नाङ्ला बच्ने गरे पनि अचेल व्यापार कम हुन हुँदा उनी धेरै टाढा पुग्दैनन्। गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन्। त्यसले मौलिक सीप विस्थापित हुने स्थितिमा पुगेको छ।

आधुनिक प्रविधिको बढ्दो विकासका कारण पछिल्लो समय आफ्नो उत्पादनले बजार पाउन छाडेको बुढामगरले बताए। सात वर्ष अगाडिसम्म निकै बिक्री हुने डालो पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उनको भनाइ छ। बजारमा नयाँ-नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको बुढामगर बताउँछन्। परम्परागत नापतौल गर्ने तुलका रुपमा प्रयोग हुने माना, पाथी आजभोलि किलो र लिटरमा परिवर्तन भएको भन्दै गाउँकै मान्छेले डाला नाङ्ला कम प्रयोग गर्ने उनको भनाइ छ।

तमानखोलाका मीनबहादुर घर्तीले पनि आफ्नो सीपले बजार पाउन छाडेको गुनासो गरे। एक दशक अगाडिसम्म चोयाका सामग्री धेरै बिक्री हुने गरेको भन्दै पछिल्लो समय महिनामा पाँच हजार पार्न पनि मुस्किल पर्ने उनी बताउँछन्। उनले पहिले डोको, नाङ्लो र डालो बेचेर महिनामै ३० हजार रूपैयाँभन्दा बढी कमाइ गरेको सुनाए। धेरै जसो मान्छेले बजार बस्न थालेपछि गाउँमा उत्पादन हुन सामान प्रयोग गर्न छाडेको उनले बताए।

उनले अहिले पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताए। वनमा निगाँलो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उनको भनाइ छ।

'पहिले-पहिले गाउँमा धेरै मान्छे हुन्थे, वन जंगल जाने, घाँस दाउरा गर्ने चलन थियो, बारीमा धान, गहुँ, मकै उत्पादन गर्ने ठूलो ठूलो डालो र भकारीमा राख्ने चलन थियो, अहिले त गाउँमा मान्छे कम छन्, घाँस दाउरा गर्न छाडे, खेतीपाती पनि कमले गर्छन् पहिलेको जस्तो डालो नाङ्लोको आवश्यक कम पर्छ', उनले भने, 'पहिले यस्ता सामग्रीको धेरै खाँचो हुन्थ्यो, धेरैले सिकेर बुन्थे पनि तर अहिले त बुन्ने मान्छे पनि कम हुँदै गए, हाम्रो समाजले आफ्नो मौलिकतालाई चिन्न छोड्यो।' रासस


प्रकाशित : आइतबार, चैत २५ २०८०१४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend