बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

सेयर बजारबारे ओली र प्रचण्डको दोहोरी, प्रचण्डले फेरि भने- सेयर बजार साम्राज्यवादकै रुप हो

images
बिहीबार , पुस १ २०७८
images
images
सेयर बजारबारे ओली र प्रचण्डको दोहोरी, प्रचण्डले फेरि भने- सेयर बजार साम्राज्यवादकै रुप हो
images
images

काठमाडौ- सेयर बजारबारे आफूले बोलेको विषय सही भएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बचाउ गरेका छन्। 

images
images

गत साता प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएपछि सर्वत्र आलोचना भएको थियो। जसको सेयर लगानीकर्ताहरूले समेत विरोध जनाएका थिए।

images
images

प्रचण्डको भनाइको कटाक्ष गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै सेयर बजारबारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए। ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले सेयर लगानीकर्ताले चन्दा नदिएपछि ध्वस्त पार्न त्यस्तो बोलेको' भन्दै ओलीले आरोप लगाएका थिए। 

images
images
images

प्रचण्डले बिहीबार बिहान विज्ञप्ति जारी माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी भनेका छन्। प्रचण्डको विज्ञप्तीमा पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसमेत गरेका छन्।  

pr bigyapti.jpg


प्रकाशित : बिहीबार , पुस १ २०७८०४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend