आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

चालु आवमा तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न

images
आइतबार, चैत २५ २०८०
images
चालु आवमा  तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न

शुक्लागण्डकी-६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ।

images
images

तनहुँ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ। चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ।

images
images
images

शुक्लागण्डकी-६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ।

images
images

उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेश सरकारको १२ लाख रूपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको हो।

images
images

जिल्लाको घिरिङ गाउँपालिका-३ स्थित फडुवा छबिसेमा दुई सय ४५ मिटर लामो सिँचाइ कुलो निर्माणपश्चात ५० घरधुरी लाभान्वित भएका केसीले बताए। बन्दीपुर-१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ। स्थानीय देवीखोलाबाट एक हजार आठ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस वटा धारा निर्माण गरिएको उनको भनाइ छ।

कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालु आवमा दुई ट्यांकी र साठी वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्यांकी र २० धारा मात्रै निर्माण गरिएको छ। मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उनले बताए।

इन्जिनियर श्रेष्ठका अनुसार व्यास-६ स्थित अम्रेनी काफ्ले फाँटमा तीन सय ४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ। उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले २० लाख रूपैयाँको लागतमा पक्की कुलो निर्माण गरिएको उनको भनाइ छ।

म्याग्दे-७ स्थित बिर्ता कुलो सिँचाइ योजनाअन्र्तगत एक सय ९० मिटर लामो कुलो १० लाख रूपैयाँमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उहाँले जानकारी दिए।

भीमाद-८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ। उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन्। गण्डकी प्रदेश सरकारको २० लाख रूपैयाँको लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए।

उनका अनुसार भीमाद-२ स्थित मैदीखोला कुडुल्नेमा १० लाख रूपैयाँमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन्। उक्त तटबन्ध करिब ४० मिटर लामो छ। 'व्यास-११ मा एक सय मिटरको पक्की बाँध १० लाख रूपैयाँमा निर्माण गरिएको छ। उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्', उनले भने।

निर्माणाधीन अवस्थामा रहेका एकसय योजनामध्ये चालु आवमा ६० वटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, चैत २५ २०८०१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend