बिहीबार , जेठ ३ गते २०८१    
images
images

पाँच महिनाभित्र सक्नेगरी काठमाडौं महानगरमा सुरु भयो गरिब घरपरिवार गणना

images
आइतबार, चैत २५ २०८०
images
images
पाँच महिनाभित्र सक्नेगरी काठमाडौं महानगरमा सुरु भयो गरिब घरपरिवार गणना

बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु भएको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जानकारी दिए।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ। उक्त तथ्यांक संकलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन्।

images
images
images

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जानकारी दिए।

images

उनले भने, 'बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु भएको छ, महानगरपालिका भरी दुई सय नौ गणक खटिने छन्।' 

images
images

उनका अनुसार एक जना गणकले एक महिनामा कम्तीमा पनि दुईसय ५० घरपरिवारको तथ्यांक संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको सो विभागले जनाएको छ। विभागका अनुसार सबैभन्दा धेरै गणक वडा नं १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

images
images

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ। काठमाडौं महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाअनुसार गरिब तथ्यांक संकलन २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो। रासस


प्रकाशित : आइतबार, चैत २५ २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend