शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एकैदिन प्रतितोला २९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

images
आइतबार, चैत २५ २०८०
images
एकैदिन प्रतितोला २९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी मूल्यमा पुग्यो सुन

लगातार उकालो लागिरहेको सुनको मूल्य आइतबार पनि प्रतितोला २९ सय रूपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

images
images

काठमाडौं- लगातार उकालो लाग्दै दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार पनि बढेको छ।

images
images
images

गएको साता लगातार तीन कारोबारमा उच्च मूल्यमा पुगेर शुक्रबार ओरालो लागेको सुनको यो साता पहिलो कारोबार दिन नै प्रतितोला दुई हजार ९ सय रूपैयाँले बढेर पुन: कीर्तिमानी बिन्दुमा पुगेको छ।

images
images

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

गएको साता पाँच दिनमा चारहजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला एक हजार ३ सय रूपैयाँले घटेको थियो। बिहीबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार गएको शुक्रबारको तुलनामा चाँदी आज तोलामा ५५ रूपैयाँले बढेर प्रतितोला एक हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : आइतबार, चैत २५ २०८०११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend