आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

images
आइतबार, चैत २५ २०८०
images
चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल

इच्छाकामना गाउँपालिका-१ को दुईसय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ।

images
images

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका-२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ। शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताए।

images
images
images

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसीभी’ वितरण गरिएको छ।

images
images

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गरे। प्राविधिकले तिनलाई जडान पनि गरेका छन्।

images
images

इच्छाकामना गाउँपालिका-१ को दुईसय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ। बैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ। रासस


प्रकाशित : आइतबार, चैत २५ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend