आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मेटल उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति

images
आइतबार, चैत २५ २०८०
images
मेटल उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति
फाइल तस्बिर

आगलागीबाट १० लाख रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

images
images

काठमाडौं- ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छ। 

images
images
images

आगालगीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

images
images

मृतकका परिवारले उनको शव पहिचान गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। पहरी सोही कारखानामा काम गर्थे।

images
images

आगलागीबाट १० लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए। विद्युत् चुहिएर आगलागी भएको हो।

आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ। रासस


प्रकाशित : आइतबार, चैत २५ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend