आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मार्तडीमा लाखौँ रकम खर्चिएर जडान गरिएको सोलार बत्ती मर्मत नहुँदा प्रयोगविहीन

images
शनिबार, चैत २४ २०८०
images
मार्तडीमा लाखौँ रकम खर्चिएर जडान गरिएको सोलार बत्ती मर्मत नहुँदा प्रयोगविहीन

विसं २०७४ मा स्थानीय तहले लाखौँ रूपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो। मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन।

images
images

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकाको बजार क्षेत्रमा जडान गरिएका सोलार (सौर्य) बत्ती दुई वर्षदेखि मर्मत हुन सकेका छैनन्। बिग्रिएका सोलार बत्ती नगरपालिकाले मर्मत नगर्दा हाल प्रयोगविहीन अवस्थामा छन्।

images
images
images

मार्तडी बजार क्षेत्रमा रातिको समयमा आवतजावतमा सहजताका लागि मालिका माध्यमिक विद्यालयदेखि जिल्ला अस्पताल, खुलामञ्चदेखि गौडाडिलसम्म र खुलामञ्चदेखि चैडिलसम्मको क्षेत्रमा सोलार बत्ती जडान गरिएका थिए। बिग्रेका बत्ती मर्मत गर्न नगरपालिकाले चासो देखाएको छैन। विसं २०७४ मा स्थानीय तहले लाखौँ रूपैयाँ खर्च गरेर सोलार बत्ती जडान गरेको हो।

images
images

'रातिको समयमा दुर्घटनाको जोखिम बढेको छ', स्थानीय उर्मिला रोकायाले भनिन्।

images
images

मार्तडी बजारको सडकको छेउमा सोलार बत्ती निर्माण गर्ने अभियानसहित बडीमालिका नगरपालिकादेखि गौणडिल, लोकतान्त्रिक चोक हुँदै डिभिजन वन कार्यालय र  मालिका मन्दिरको चैतडिलसम्म सौर्यबत्ती जडान गरी प्रयोगमा ल्याएको थियो।

सदरमुकाम मार्तडी बजारलाई सौर्यबत्तीले झिलीमिली र बजारको प्रत्येक ठाउँमा राख्ने भनिएका सिसी क्यामरा पालिकाको नीति तथा कार्यक्रममा मात्र सीमित छ। स्थानीय तहले सोलार बत्ती मर्मत कार्यमा ध्यान नदिएको स्थानीय हर्कबहादुर थापाले बताए।

नगर उपप्रमुख नन्दा थापाले सोलार बत्ती मर्मतका लागि गत आर्थिक वर्षमा बजेट अभाव भएको बताइन्। उनले चालु आर्थिक वर्षभित्रै सोलार बत्ती मर्मत गरिने बताइन्। पालिकामा प्रमुख प्रशासकीय अधिकृत केही समय अन्यत्र सरुवा हुँदा कामा बाधा पुगेको उपप्रमुख थापाको भनाइ छ। रासस


प्रकाशित : शनिबार, चैत २४ २०८०१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend