बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

हाइड्रोपावर कम्पनीको सेयरमा पुन: किन फर्किए लगानीकर्ता? यस्तो छ विश्लेषण

images
बिहीबार , पुस १ २०७८
images
images
हाइड्रोपावर कम्पनीको सेयरमा पुन: किन फर्किए लगानीकर्ता?  यस्तो छ विश्लेषण
images
images

काठमाडौं- नेप्से परिसूचक मंगलबार सकारात्मक सर्किट लागेर बन्द भए पनि बुधबार ४.२३ प्रतिशतले घटेको थियो। २४१४.६२ अंक कायम भएको बजारमा ४ अर्ब ५८ करोड रुपैयाँको कारोबार भयो। 

images
images

बुधबार अन्य सूचकहरू घट्दा हाइड्रोपावरको सेयर भने बढेको थियो। अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ। हाइड्रोपावरतर्फ बुधबार ७.५७ अंकले बजार बढेको थियो। जसको २७३७.७२ अंक कायम भएको छ। 

images
images

विगतमा सुरुवाती मूल्यभन्दा पनि तल झरेको हाइड्रोको सेयर मूल्य अत्याधिक बढेको थियो। नेप्से परिसूचक ३१९९ सम्म पुग्दा अधिकांश हाइड्रोपावर मूल्यको सयौँ गुणा बढेको थियो। केही समय यता घटिरहेको हाइड्रोको सेयर मूल्य फेरि बढ्न थालेको छ।

images
images
images

बुधबार सबैभन्दा बढी सामलिङ पावर कम्पनीको मूल्य ४०.३० रुपैँयाले बढेर ४४४ रुपैयाँ कायम भएको छ। जुन ९.९८ प्रतिशतले बढेको सेयर बुधबार सबैभन्दा बढी बढ्नेमा रहेको छ। 

त्यस्तै दोस्रो धेरै सेयर मूल्य बढ्नेमा दिव्यश्वरी हाइड्रो पावर रहेको छ। जसको मूल्य प्रतिकित्ता २०.८० रुपैयाँले बढेर २८८ रुपैयाँ कायम भएको छ। जुनको मूल्य ७.७८ प्रतिशतले बढेको छ।

बुधबार तेस्रो धेरै मूल्य बढ्नेमा पनि हाइड्रो पावर कम्पनी नै रहेको छ। आँखुखोला हाइड्रो पावरको मूल्य पनि प्रतिकित्ता २० रुपैयाँले बढेको थियो। जसको मूल्य २७८.५० रुपैयाँ कायम भएको छ। 

बुधबार धेरै कारोबार हुनेमा नेशनल हाइड्रोपावर कम्पनी दोस्रो धेरै कारोबार हुनेमा परेको थियो। जसको मूल्य १५ करोड ८४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ। जुनको मुल्य प्रतिकित्ता ३५३ रुपैयाँमा कारोबार भएको छ।

अपि पावर कम्पनी तेस्रो धेरै कारोबार हुनेमा परेको छ। जसको १३ करोड ८८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको थियो। जसको अन्तिम मूल्य ४२२ रुपैयाँ कायम भएको थियो। 


प्रकाशित : बिहीबार , पुस १ २०७८०१:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend