आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

जुम्लाको चन्दननाथमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

images
शनिबार, चैत २४ २०८०
images
जुम्लाको चन्दननाथमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

अस्पताल भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड रूपैयाँ विनियोजन भएको छ। बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ।

images
images

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका-१० स्थित बोहोरा गाउँमा १२ करोड रूपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ।

images
images
images

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आह्वान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।

images
images

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उनले जानकारी दिए। अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइने छ।

images
images

नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड रूपैयाँ विनियोजन भएको छ। बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ। रासस


प्रकाशित : शनिबार, चैत २४ २०८०१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend