आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लट्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

images
शनिबार, चैत २४ २०८०
images
लट्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द

गत पुस पहिलो साता पुलको लट्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो।

images
images

त्रिशूली- नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पुलको लट्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ।

images
images
images

देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पक्की पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुडिँएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए।

images
images

उनका अनुसार गत पुस पहिलो साता पुलको लट्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो। उनले जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरे।

images
images

विदुर नगरपालिका-४ बजारबाट सिधै विदुर-६ मान्द्रेढुंगा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो  बाटोको उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ।

बट्टार बजारबाट मान्द्रेढुंगा हुँदै चैनपुर, दाङसिंह जाने उक्त मुख्य सडकखण्ड विदुर नगरपालिकाको प्रस्तावमा ‘प्रादेशिक सडक गुरुयोजना’मा समावेश गरिएको पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ। सडकलाई गुरुयोजनामा समावेश गरिएको भए पनि पुलको मर्मतसम्भार एवं पुनःनिर्माण सम्बन्धमा निर्णय भएको छैन। रासस


प्रकाशित : शनिबार, चैत २४ २०८०१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend