आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बनिनसक्दै भाँचिएको कावाखोला पुलको पुनःनिर्माण थालियो, आगामी बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य

images
शनिबार, चैत २४ २०८०
images
बनिनसक्दै भाँचिएको कावाखोला पुलको पुनःनिर्माण थालियो, आगामी बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य

यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो। भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनःनिर्माण थालिएको हो।

images
images

भोजपुर- निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ।

images
images
images

हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो। हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ।

images
images

यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो। भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनःनिर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए। 

images
images

‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उनको भनाइ छ। पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ। पुल निर्माणको काम आगामी बैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

'कावाखोला पुलको पुनः निर्माण भइरहेको छ', उनले भने, 'हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ। पुल निर्माणको काम आगामी बैशाख महिनाभित्रमा सम्पन्न हुन्छ।' मूल्य अभिवृद्धि कर (भ्याट)सहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० रूपैयाँको लागतमा पुल बन्न लागेको हो। 

गुणस्तरीय ढंगले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ। स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो। रासस


प्रकाशित : शनिबार, चैत २४ २०८००९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend