शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २३ २०८०
images
किसानलाई धान उत्पादनमा प्रोत्साहित गर्दै ‘आरजु राइस मिल’
images
images

काठमाडौं- नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ।

images
images
images

स्थानीय किसानसँगको सहकार्यमा नेपाली किसानको पहिलो व्यावसायिक उत्पादन ‘प्रिमियम बास्नादार चामल’ बजारमा ल्याएको कम्पनीले आज शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

images
images

सुवासी जातको धानको प्रिमियम बास्नादार चामल ‘एभरेष्ट’ को बजार मूल्य प्रतिकिलो १ सय ७५ रुपैयाँ कायम गरिने कम्पनीले उल्लेख गरेको छ। यसअघि कम्पनीले मन्सुली तथा लोकल प्रिमियम चामल बिक्री वितरण गर्दै आएको छ।

images
images

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाली किसानले उत्पादन गरेको धानमात्रै खरिद गरेर आफ्नै मिलमार्फत् चामल उत्पादन र बजारीकरण गर्ने गरी कम्पनीले बजारमा नयाँ चामल ल्याएको बताए।

'नेपाली धानको उत्पादन प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई यस क्षेत्रमा प्रोत्साहित गर्न कम्पनीले गुणस्तरीय चामल उत्पादन गरेको हो। किसानलाई कृषि उत्पादनमार्फत् राष्ट्रिय आर्थिक समृद्धिमा समान सहभागिता जनाउने पनि अर्को उद्देश्य रहेको छ', बुद्ध एयरका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले भने।

किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न वास्नादार चामल उत्पादन सुरु गरेको जनाएको छ। मिलका बजार निर्देशक वसन्त ढुंगानाले किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने लक्ष्यका साथ बास्नादार चामल उत्पादन गरिएको बताए।

मोरङको डाँगीहाटमा ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ।

किसानका लागि रोपाइँभन्दा अगाडि नै मिलले धानको न्यूनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ।


प्रकाशित : शुक्रबार, चैत २३ २०८०१९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend