बिहीबार , जेठ ३ गते २०८१    
images
images

आप्रवासीका लागि काम गर्ने समयको अनुमति बढाउने अमेरिकी सरकारको घोषणा

images
शुक्रबार, चैत २३ २०८०
images
images
आप्रवासीका लागि काम गर्ने समयको अनुमति बढाउने अमेरिकी सरकारको घोषणा

टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (इएडिएस) का लागि स्वचालित १८० दिनको अवधिलाई ५४० दिनसम्मका लागि विस्तार गरेको छ।

images
images

काठमाडौं- हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ। यसले काम गर्ने अनुमतिको लागि मुख्य रुपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ।   

images
images
images

टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (इएडिएस) का लागि स्वचालित १८० दिनको अवधिलाई ५४० दिनसम्मका लागि विस्तार गरेको छ।  यो नियमले अघिल्लो १२ महिनाको कर्मचारीको कागजात प्रमाणिकरण (इएडिएस) का लागि छोटो पारिएको समयसमेतलाई  सम्बोधन गर्छ।

images

बिहीबार घोषणा गरिएको अस्थायी उपायले पहिले नै कार्यकारी तथा गैर–नागरिकहरूको  रोजगार प्राधिकरण र कागजात समाप्त हुनबाट रोक्नेछ। अमेरिकी नागरिकता र अध्यागमन सेवाले उनीहरूको विचाराधीन कागजात प्रमाणिकरण नवीकरण आवेदनहरूको निर्णय गर्न पर्खिरहेका छन्। 

images
images

यसै सम्बन्धमा अमेरिकी रोजगारदाताहरूका लागि भने सञ्चालनको निरन्तरता सुनिश्चित छ। अर्थतन्त्रलाई समर्थन गर्दै कार्यबलमा कार्यरत व्यक्तिहरूलाई सुविधा प्रदान गर्ने बाइडेन प्रशासनको पछिल्लो कदम हो।

images
images

दक्षिण एसियाली आप्रवासीहरूलाई लाभान्वित गर्ने यो ऐतिहासिक घोषणाले ह्वाइट हाउस एसियाली अमेरिकी र हवाइ प्यासिफिक आइल्यान्ड (एएएनएचपीआई) कमिसनमा राष्ट्रपति बाइडेनका सल्लाहकार अजय भुटोरियाले गरेको सिफारिसलाई अनुशरण गरेको देखिन्छ। भुटोरियाको प्रयासले आप्रवासन सुधार र ग्रिन कार्ड पर्खाइलाई घटाउने लक्ष्य राखेको छ। यसबाट दश लाखभन्दा बढी दक्षिण एसियालीहरू लाभान्वित भएका छन्।

ह्वाइट हाउस एएएनएचपीआई आयोगलाई उनको अघिल्लो सिफारिसहरूले संयुक्त राज्य अमेरिकाभित्र अस्थायी भिसाका लागि आन्तरिक नवीकरण गर्न प्रमुख परियोजना सुरु गर्न नेतृत्व गरेको हो। 

युएससीआईएसको घोषणा आप्रवासी समुदायलाई प्रभाव पार्ने नीतिहरूलाई आकार दिन सामुदायिक वकालत र सहयोगी प्रयासहरूको प्रभावको प्रमाण हो।

गत वर्ष, युएससीआईएस कार्यबलले योग्य व्यक्तिहरूमा कामको पहुँच सुधार गर्ने समग्र लक्ष्यलाई समर्थन गर्दै धेरैजसो रोजगार प्राधिकरण कागजात भएको समूहका लागि भिषा समय घटाएको छ। यद्यपि, नवीकरण संयन्त्रलाई असर गर्ने रोजगार प्राधिकरण आवेदनहरूको रेकर्ड सङ्ख्या पनि प्राप्त गरेको युएससीआईएसका निर्देशक उर एम जादोउले प्रेस विज्ञप्तिमाफत जानकारी दिए। 

विद्यमान अस्थायी स्वचालित विस्तारलाई ५४० दिनसम्म लम्ब्याउँदा रोजगार प्राधिकरणहरूमा त्रुटिहरूबाट बच्न सकिन्छ। यो घोषणाले सार्वजनिक टिप्पणीहरू मागेर दीर्घकालीन समाधानहरू विचार गर्न अतिरिक्त मार्ग प्रदान गर्दछ। यसैगरी रोजगार प्राधिकरणका लागि योग्य गैर–नागरिकहरूले लाभ कायम राख्न सक्छन् भन्ने सुनिश्चितता सहित नयाँ रणनीतिहरू पहिचान गर्दछ। जसमा शरणर्थीहरु स्थायी निवासका लागि आवेदन दिने विदेशी नागरिकहरू परिवर्तनका दुई मुख्य लाभग्राही वर्गहरु हुनेछन्।

युएससीआईएसका प्रवक्ताका अनुसार नयाँ नियम लागु नभएमा आठ लाख आप्रवासीहरू रोजगारी गुमाउने जोखिममा थिए।

‘द हिल’का अनुसार बाइडेन प्रशासनले। सन् २०२३ अक्टोबर २७ सम्मका लागि २०२२ मा गरिएको प्रारम्भिक विस्तार समाप्त भएपछि यो दोस्रो पटकको लागि ५४०  दिनको म्याद थप गरेको घोषणा गरेको हो। नयाँ विस्तार २०२२ द्वारा सम्बोधन  गरिएका सबै प्रकारका आप्रवासी स्तरहरूमा लागू हुनेछ। रासस

images

प्रकाशित : शुक्रबार, चैत २३ २०८००५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend