आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

विश्व बैंकद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन

images
शुक्रबार, चैत २३ २०८०
images
विश्व बैंकद्वारा अफगानी महिला उद्यमीलाई सहयोग गर्न एक करोड साठी लाख अमेरिकी डलर विनियोजन

बैङ्कले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ।

images
images

काठमाडौं- विश्व बैंकले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ। बैंकले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ।   

images
images
images

अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो। यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैंककी  निर्देशक  मेलिन्डा गुडले बताए। 

images
images

परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु, र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पु¥याई आवश्यक वित्तीय ऋणमा पहुँच गर्न सकून भन्ने रहेको निर्देशक गुडले जानकारी दिए। 

images
images

विश्व बैंकले अफगानिस्तानमा साना र मध्यम आकारका उद्यमहरूका लागि वित्तीय स्रोतहरूमा पहुँच बढाउन प्रयास गरिरहेको जनाएको छ। जुन निजी क्षेत्रका व्यापार र लगानीमा काम गर्ने महिलाहरूका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थनमा भएको वृद्धिसँग समानान्तर हुन्छ। 

बैंकका अनुसार यो पहल अफगानिस्तानका काबुल, कुन्दुज, नङ्गरहार, परवान, समङ्गन, सर–ए पोल, तखर, हेरात, डिकुन्डी, फरयाब र जोजजानलगायतका १५ प्रान्तहरूमा केन्द्रित हुनेछ। 

यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले धेरै परियोजनाहरू घोषणा गरेको छ। यसले अफगानिस्तानको अर्थतन्त्रलाई बढावा दिई अफगान महिला उद्यमीहरूको कम्पनीहरू चलाउन सशक्त बनाउने कुरामा जोड दिएको छ। अफगानिस्तानमा, शिक्षा र रोजगारीमा महिलाहरूकोे पहुँचमा सीमितताको परिणाम स्वरूप व्यापार र व्यवसायमा महिलाको चासो बढेको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २३ २०८०१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend