बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images
तेस्रो लगानी सम्मेलन

पाँचवटा सडक तथा सुरुङ मार्ग निर्माणका लागि २ खर्ब ७० अर्ब लगानी खोजिँदै

images
शनिबार, चैत २४ २०८०
images
images
पाँचवटा सडक तथा सुरुङ मार्ग निर्माणका लागि २ खर्ब ७० अर्ब लगानी खोजिँदै

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डले अहिले धमाधम लगानी सम्मेलनमा पेस गरिने सोकेसको विस्तृत विवरण तयार गरिरहेको छ। जसमा चन्द्रागिरी-चित्लाङ-चितवन एक्सप्रेस वे पनि सोकेसमा राखिने भएको छ।

images
images

काठमाडौं- सरकारले आउने बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दै छ। लगानी सम्मेलन व्यवस्थापनको सम्पूर्ण काम लगानी बोर्डले गरिरहेको छ।

images
images

बोर्डले सम्मेलनको समय नजिकिँदै जाँदा सम्मेलनमा प्रस्ताव गरिने परियोजना छनोट तथा तिनीहरूको विवरण तयार पार्ने काम गरिरहेको छ। बोर्डले अहिलेसम्म २७ वटा आयोजनाको संक्षिप्त विवरण तयार पारिसकेको छ।

images
images

सोहीअनुरुप बोर्डले अहिलेसम्म लगानी सम्मेलनको सोकेसमा ५ वटा सडक तथा सडक सुरुङ मार्ग निर्माणको आयोजना समावेश गरेको छ।

images
images

बोर्डले दाउन्ने सुरुङ मार्ग, शधरान लेउती सुरुङ मार्ग, मलेखु-लोथर  सडक सुरुङ मार्ग, मिर्चैया-कटारी-घुर्मी सडक र चन्द्रागिरि-चित्लाङ-चितवन एक्सप्रेस वे लगानी सम्मेलनका लागि तयार पारेको प्रोजेक्ट बैंकमा समावेश छन्।

पाँचवटा आयोजनाको पूर्वाधार निर्माणमा कुल २ खर्ब ७० खर्ब रुपैयाँको लागत अनुमान गरिएको छ।

दाउन्ने सुरुङ मार्ग

पूर्वपश्चिम राजमार्गको नवलपुर र नवलपरासीको सीमामा रहेको दाउन्नेमा सुरुङ मार्ग निर्माणको परियोजना लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको लागत १९ अर्ब अनुमान गरिएको छ। सुरुङ मार्गको लम्बाइ १.०६५ किलोमिटर रहेको छ।

धरान लेउती सुरुङ मार्ग

यसैगरी लगानी सम्मेलनको सोकेसमा धरान लेउती सुरुङ मार्गसमेत राखिएको छ। आयोजनाको लागत ११ अर्ब ३८ करोड अनुमान गरिएको छ। सुरुङ मार्गको लम्बाइ ३.८६ किलोमिटर रहेको छ।

मलेखु-लोथर  सडक सुरुङ मार्ग

यो आयोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको लगानी बोर्डले तयार पारेको विवरणमा उल्लेख छ। आयोजनाको कुल लागत अनुमान ८ अर्ब ८६ करोड रुपैयाँ गरिएको छ।  जसमा ३६.४८ किलोमिटर सडक, ३.३६ किलोमिटर सुरुङ मार्ग र ३ वटा मेजर पुल निर्माण गरिने छ।

मिर्चैया-कटारी-घुर्मी सडक

यो सडक निर्माण आयोजना पनि लगानी सम्मेलनको सोकेसमा राखिएको छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ। आयोजनाको लागत १० अर्ब ६९ करोड रुपैयाँ अनुमान गरिएको छ। सडक खण्ड ७२ किलोमिटर रहेको छ। २ लेनको सडक मिर्चैयाबाट सुरु भएर घुर्मीमा गएर अन्त्य हुनेछ। 

चन्द्रागिरि-चित्लाङ-चितवन एक्सप्रेस वे

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डले अहिले धमाधम लगानी सम्मेलनमा पेस गरिने सोकेसको विस्तृत विवरण तयार गरिरहेको छ। जसमा चन्द्रागिरी-चित्लाङ-चितवन एक्सप्रेस वे पनि सोकेसमा राखिने भएको छ।

प्रस्तावित आयोजनाबाट उच्च गतिको यातायात सेवा प्रदान गर्नुका साथै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सडकको लम्बाइ ९६.५ किलोमिटर हुने छ।आयोजनको लगात २ सय २१ अर्ब अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, चैत २४ २०८०११:०३
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend