शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

स्थानीय सञ्चिति कोषको रकम निक्षेप गणना सुविधाबाट हटाएसँगै ९२ अर्बले घट्यो निक्षेप, अन्तरबैंक ब्याजदर बढ्यो

images
images
images
स्थानीय सञ्चिति कोषको रकम निक्षेप गणना सुविधाबाट हटाएसँगै ९२ अर्बले घट्यो निक्षेप, अन्तरबैंक ब्याजदर बढ्यो

यसअघि बैंकिङ प्रणालीमा ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने औषत कर्जा निक्षेप अनुपात ७९.६९ प्रतिशत रहेको थियो।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चिति कोषको रकम कर्जा निक्षेप (सीडी) गणनाबाट हटाएसँगै बैंकिङ प्रणालीबाट ९२ अर्बले निक्षेप घटेको छ। निक्षेप गणना सुविधा हटेसँगै बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.८६ प्रतिशत कायम भएको छ। 

images
images
images

यसअघि बैंकिङ प्रणालीमा ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने औषत कर्जा निक्षेप अनुपात ७९.६९ प्रतिशत रहेको थियो।

images

अर्थ मन्त्रालयले सीडी गणना सुविधा फिर्ता लिएसँगै बैंकहरुको अन्तर बैंक ब्याजदर ३.५३ प्रतिशत पुगेको छ। यसअघि बैंकहरुको अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको थियो। 

images

स्थानीय तह सञ्चिति कोषको रकम निक्षेप गणनामा उपयोग गर्ने सुविधा हटेसँगै बैंक वित्तीय संस्थाहरुसँग लगानीयोग्य रकम अझै ५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ। 

images
images

चालु आर्थिक वर्षको सुरुवातमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुलाई निक्षेप गणनामा स्थानीय तहको सञ्चिति कोषको रकम गणना गर्न नदिने निर्णय गरेका थिए।

तर पछि सरकारी बैंकहरुले तरलता अभाव भएको भन्दै ब्याजदर बढाउन थालेपछि महतले स्थानीय तहको ६० प्रतिशत रकम सीडी गणनामा उपयोग गर्ने दिने सुविधा पुन कार्यान्वयनमा ल्याएका हुन्।

आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ प्रणालीमा तरलताको अभाव भएपछि बैंकर्स तथा व्यवसायीको सुझावमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले स्थानीय सञ्चितिकोषको ८० प्रतिशत रकम बैंकहरुको निक्षेप गणना गर्न पाउने सुविधा दिएका थिए।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर एकल अंकमा आएपनि कर्जाको माग नबढेकाले अन्तर बैंक ब्याजदर राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दर ३ प्रतिशतभन्दा पनि तल आउन थालेपछि अर्थमन्त्रालयले सीडी गणनाको सुविधा हटाएको हो। 

यसले आगामी समयमा मुद्दती निक्षेपको ब्याजदर थप घट्नबाट रोक्ने अनुमान गरिएको छ।

स्थानीय सञ्चितिकोषको रकम निक्षेप गणनामा उपयोग गर्न नपाउँदा तरलता कम भएका बैंकहरुले निक्षेप आकर्षित गर्नका लागि ब्याजदर बढाउने बाटो खुलेको छ। फलस्वरुप ब्याजदर थप तल नआउने र ब्याजदर स्थायित्वमा सहयोग पुग्ने देखिएको छ।

images

प्रकाशित : शुक्रबार, चैत २३ २०८००२:४४

प्रतिक्रिया दिनुहोस