बुधबार, जेठ २ गते २०८१    
images
images

प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २३ २०८०
images
images
प्रतितोला १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो।

images
images

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो।

images

यस्तै तेजाबी सुन पनि तोलामा १ हजार ३ सय रुपैयाँले ओरालो लागेको छ। बिहीबार प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको हो।

images
images

यसैगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार ६ सय १५ निर्धारण भएको छ।

images
images

बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ। 

images

प्रकाशित : शुक्रबार, चैत २३ २०८०११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend