आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

व्यापार घाटाको तुलनामा रेमिट्यान्स बढी हुँदा १ खर्ब ६१ अर्बले बचतमा चालुखाता, १२.४ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

images
बिहीबार , चैत २२ २०८०
images
images
व्यापार घाटाको तुलनामा रेमिट्यान्स बढी हुँदा १ खर्ब ६१ अर्बले बचतमा चालुखाता, १२.४ महिनाको आयात धान्न पर्याप्त सञ्चिति

फागुन मसान्तसम्ममा नेपालबाट कुल १० खर्ब ३० अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने यस अवधिमा कुल वस्तु व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ मात्रै रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकको बाह्य क्षेत्र थप सबल देखिएको छ।

images
images

यस अवधिमा चालुखाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ। आयात र निर्यात दुवै घटेकाले चालुखाताको बचत बढेको हो। निर्यात र विप्रेषण आप्रवाह आयातभन्दा कम भएकाले चालु खाताको बचत उच्च देखिएको हो।

images
images

चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण आप्रवाह २१ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब रूपैयाँ भित्रिएको छ।

images
images
images

फागुन मसान्तसम्ममा नेपालबाट कुल १० खर्ब ३० अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने यस अवधिमा कुल वस्तु व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ मात्रै रहेको छ। यस अवधिमा १ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यस अवधिमा सेवा क्षेत्र ४४ अर्ब ८२ करोड रुपैयाँले घटामा रहेको छ। 

विप्रेषणको तुलनामा वस्तु तथा व्यापार घाटाको अन्तर कम रहेकाले नेपालको बाह्य क्षेत्र सबल देखिएको हो। चालखाता बचतमा गएसँगै शोधनान्तर स्थिति करिब ३ खर्ब २७ अर्बले बचतमा रहेको छ।

यस्तै भारत लगायतका मुलुकहरुमा मूल्यवृद्धि घटेकाले पनि बाह्य क्षेत्र बढेको हो। अन्तर्राष्ट्रियस्तरमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालको बाह्य क्षेत्र मजबुत रहेको हो। 

शोधनान्तर स्थितिमा मजबुत स्थितिमा रहेकाले नेपालको विदेशी मुद्राको सञ्चिति पनि बलियो देखिएको छ। गत असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको सञ्चिति फागुन मसान्तमा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड डलर पुगेको छ। उक्त सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend