आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

एकल अंक ब्याजदरमा ५ खर्ब रूपैयाँ कर्जा दिने क्षमता बैंकहरुसँग छ : अध्यक्ष केसी

images
बिहीबार , चैत २२ २०८०
images
एकल अंक ब्याजदरमा ५ खर्ब रूपैयाँ कर्जा दिने क्षमता बैंकहरुसँग छ : अध्यक्ष केसी

चालु आर्थिक वर्ष कर्जाको ब्याजदर २ प्रतिशत बिन्दुले बढ्दा पनि कर्जाको माग बढ्न नसकेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ।

images
images

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालका बैंक वित्तीय संस्थाहरुको ५ खर्ब कर्जा प्रवाह गर्ने क्षमता रहेको बताएका छन्। नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले ५ खर्ब रूपैयाँ कर्जा त्यो पनि एकल अंकमा दिनसक्ने क्षमता रहेको बताएका हुन्।

images
images
images

तर, अर्थतन्त्रमा आएको संकुचनका कारण बैंकिङ प्रणालीबाट कर्जा प्रवाह नबढेको उनले बताए। 'बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेपनि कर्जा प्रवाह बढ्न सकेको छैन। ब्याजदर निरन्तररुपमा घटेपनि कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ', उनले भने।

images
images

चालु आर्थिक वर्ष कर्जाको ब्याजदर २ प्रतिशत बिन्दुले बढ्दा पनि कर्जाको माग बढ्न नसकेको उनको भनाइ छ।

images
images

बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा अर्थ मन्त्रालयले स्थानीय तहको निक्षेप गणनाको सुविधा हटाएको छ। जसले गर्दा बैंकिङ प्रणालीमा करिब १ खर्ब निक्षेप घट्ने अनुमान गरिएको छ।

१ खर्ब निक्षेप घट्दा बैंकहरुको औसत निक्षेप अनुपात (सीडी) ८० प्रतिशतभन्दा माथि पुग्ने भएको छ।

अहिले प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भएको समयमा सरकारले स्थानीय सञ्चितिकोषको रकम निक्षेप गणनाबाट खिचेपनि तरलता समस्या हुँदा यो सुविधालाई पुन: निरन्तरता दिनुपर्ने माग गरेका छन्। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend