आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै

images
बिहीबार , चैत २२ २०८०
images
म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै

बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र/आरसीसी र पीसीसी ढलान गर्न लागिएको हो।

images
images

गलेश्वर- म्याग्दीमा  चालु आर्थिक वर्षमा १६  किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र/आरसीसी र पीसीसी ढलान गर्न लागेको हो।

images
images
images

यसैक्रममा आज पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङको जनप्रिय टोलबाट शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्र भइरहेको छ। त्यसैगरी बुधबार बेनी नगरपालिका-४ सिंगाको पौडेलचोकबाट वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्र गरिएको थियो।

images
images

दरबाङको सडक कालोपत्र गर्ने ठेक्का लिएको सक्षम ब्रदर्स निर्माण कम्पनीले आजदेखि कालोपत्रको काम सुरु गरेको कम्पनीका सञ्चालक मनोज कार्कीले जानकारी दिए। उनका अनुसार नालीसहित छ सय मिटर सडक कालोपत्र गर्न कम्पनीले भ्याटबाहेक ५० लाख रूपैयाँमा जिम्मा लिएको हो।

images
images

त्यसैगरी जिल्लाका अन्य ठाउँका सडक पनि कालोपत्र भइरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार र चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए।

उनका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुंगे र सडक पुलसम्बन्धी नयाँ ७० योजना रहेकामा ११ योजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चार ठेक्का मूल्यांकनको चरणमा रहेका छन्। 

सालबसाली २३ योजनाको ठेक्का र १३ उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन्। सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन्। चार योजनाको ठेक्का सम्झौताको तयारी भएको छ। यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना चालु रहेका छन्।

चालु आर्थिक वर्षमा कुल ७१ करोड ३७ लाख बजेट विनियोजन गरिएको कार्यालयले फागुन मसान्तसम्म आठ करोड ९३ लाख ४३ हजार रूपैयाँ अर्थात् १२ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ। गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ किमी दुई सय ७५ मिटर सडक निर्माण भएको थियो।

यस वर्ष पाँच दशमलव छ किलोमिटर दुरीको गलेश्वर-पिपले-भगवती सडक कालोपत्र र दरवाङ-धारापानी सडकको छ किलोमिटर छ सय मिटर ग्राभेल सकिएको छ। बेनी-दरवाङ सडकको सिम-लाम्पाटा खण्ड र लाम्पाटा-ढाडखर्क खण्डमा करिब नौ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ।

२० करोड लागत अनुमान गरिएको बेनी-पाखापानी, २५ करोड रूपैयाँ लागत अनुमान गरिएको धारापानी-ताकम-शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्यांकनको चरणमा छ। बेनी-भकिम्ली, अदिभारा-डाडागाउँ र पखेर-बरंजा सडक स्तरोन्नतिका लागि १०-१० करोड रूपैयाँ बजेटको आयोजनाको ठेक्का आह्वान गरिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend