आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दुईवटा वाइडबडी खरिदमा १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा

images
बिहीबार , चैत २२ २०८०
images
दुईवटा वाइडबडी खरिदमा १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटनसचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ।

images
images

काठमाडौं- दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

images
images
images

निगमले २०७५ साल असार र साउनमा गरी दुईवटा वाइडवडी जहाज खरिद गरेको थियो। झन्डै २२ अर्ब रुपैयाँ खर्च भएको जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले ५ वर्षअघि नै आयोगलाई छानबिन गर्न सिफारिस गरेको थियो। 

images
images

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले २०७५ पुसको तेस्रो साता बुझाएको प्रतिवेदनमा दुईवटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ।     

images
images

अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटनसचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। 

पूर्वसचिव शिशिर ढुङ्गाना, पर्यटनमन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहित टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। 

 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend