शनिबार, मंसिर १५ गते २०८१    
images
images

दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन, अघि बढ्यो प्रमाणीकरणको परीक्षण प्रक्रिया

images
बिहीबार , चैत २२ २०८०
images
images
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन, अघि बढ्यो प्रमाणीकरणको परीक्षण प्रक्रिया

जंगलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयास थालिएको गाउँपालिकाले जनाएको छ।

images
images

त्रिशूली- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ। किसानका खेतबारी तथा जंगलमा खेर गएका लालीगुराँस संकलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो।

images
images
images

गाउँपालिका अध्यक्ष शंकर थापाका अनुसार उत्पादित जुसको सेवनयोग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ।

images

'जंगलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ', उनले भने, 'गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि सुरु गरेको ‘अध्यक्षसँग किसान सबलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको संकलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौँ।'

images

यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल संकलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताए। उनका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सबलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ।

'किसानको खेतबारी र जंगलमा झरेका फूल संकलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ', सुवेदीले भने, 'अन्यत्र सफल भएका योजनाको अवलोकन र किसानलाई तालिम दिएर जुससहित जामलगायतका उत्पादनको योजनामा लाग्नेछौँ।'

चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend