आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

दैलेखको पेट्रोलियम अन्वेषणस्थलमा उपकरणसहित पुगे २२ ट्रक, एक दुर्घटना

images
बिहीबार , चैत २२ २०८०
images
दैलेखको पेट्रोलियम अन्वेषणस्थलमा उपकरणसहित पुगे २२ ट्रक, एक दुर्घटना
फाइल तस्बिर

पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन्।

images
images

दैलेख- पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिए।

images
images
images

नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो 

images
images

'सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो। दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ', प्रमुख जिल्ला अधिकारी भुसालले भने।

images
images

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन्। 

विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो। सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भइ २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो। हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८०१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend