सोमबार, वैशाख २४ गते २०८१    
images
images

भेडेखुर्सानीमा रोगकीरा : न फूल लाग्छ न फल, नियन्त्रण नगरे अन्य बालीमा पनि प्रभाव पार्ने

images
images
images
भेडेखुर्सानीमा रोगकीरा : न फूल लाग्छ न फल, नियन्त्रण नगरे अन्य बालीमा पनि  प्रभाव पार्ने

फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको किसान बताउँछन्। रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उनीहरुको गुनासो छ।

images
images

चितवन- यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को संक्रमण देखिएको छ। यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको संक्रमण देखिएको हो।

images
images
images

मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ। खैरहनी नगरपालिकामा मङ्सिर २८ गते देखिएको यो रोग थ्रिप्स कीराका कारण लाग्ने गर्दछ।

images

खैरहनी नगरपालिका वडा नं १२ का नवीनकुमार श्रेष्ठले एक बिघा १० कठ्ठा क्षेत्रफलमा लगाएको खुर्सानीमा यो रोगको संक्रमण देखिएको छ। उनले भने, 'रोगका कारण फल नलाग्ने, बोटमा फूल नखेल्ने भएर समस्या भयो।' रोगका कारण यसवर्ष उत्पादनमा पनि कमी आउने उनले बताए।

images

खैरहनी नगरपालिका वडा नं १ ज्यामिरेमा खुर्सानीखेती गर्दै आएका अर्जुन भुसालले यतिखेर खुर्सानीको बोट उखालेर फाल्न थालेको बताए। उनले भने, 'अघिल्लो वर्ष बैशाखसम्म उत्पादन लिएको थिएँ। अहिले रोगका कारण समस्या भएर चाँडै नै फाल्नुपर्‍यो।'

images
images

विगतमा एक कठ्ठामा ३२ क्विन्टलसम्म उत्पादन भएको खुर्सानी अहिले घटेर २२ क्विन्टल हाराहारीमात्रै सीमित भएको उनले बताए। फलमा दाग लाग्ने, बिरुवामा फूल नखेल्नेजस्ता समस्या यो रोगबाट हुने गरेको उनले गुनासो गरे। रोग लागेपछि फल सानो हुने, दाग लागेपछि बजार नपाउनेजस्ता समस्या बढ्ने गरेको उनले बताए।

व्यावसायिक कीट विकास फार्म भण्डाराकी वरिष्ठ बाली विकास अधिकृत पूर्णिमा क्षेत्रीले यो रोग लागेपछि उत्पादनमा ६० देखि ९० प्रतिशत गिरावट आउने बताए। उनले भने, 'नेपालमा नै पहिलोपटक यो रोग देखिएको छ। यसलाई नियन्त्रण गर्न नसक्ने हो भने एक सय चार प्रकारका बोटबिरुवामा प्रभाव पार्ने देखिन्छ।'

यस कीराले खुर्सानी, सिमी, भण्टा, मेवा, आलु, स्ट्रबेरीलगायतका बोटबिरुवामा आक्रमण धेरै गर्ने उनले बताए। यस कीराका कारण एक चौथाइसम्म उत्पादन घट्ने गरेको छ। जिल्लामा एक सय ६५ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिने गरेको उहाँले बताए। पूर्वी चितवनमा देखिएको यो समस्या अहिले जिल्लाभरि नै फैलिएको उनको भनाइ छ।

प्लान्ट क्वारेन्टिइ तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत डा देवराज अधिकारीले कीराबाट बचावटका लागि बाली चक्र अपनाउनुपर्ने बताए। गर्मी समयमा गहिरो खनजोत गरी माटोमा रहेका थ्रिप्सका प्युपाहरूलाई नाश गर्ने, निरन्तर गोडमेल गर्ने, एकैपटक बाली लगाउने, चरणबद्ध रोपाइँ नगर्ने, नाइट्रोजन र फस्फोरस मलको साथै पोटासयुक्त मलखादको सन्तुलित मात्रामा प्रयोग गर्न उनले सुझाव दिए। यसैगरी कीराले क्षति गरेको पात, फलहरू संकलन गरी नष्ट गर्ने, कीराबाट साह्रै आक्रान्त भएमा बोट उखाल्ने र जलाउने गर्नुपर्ने उनले बताए।

स्प्रिङ्गलर सिँचाइ प्रणाली अपनाउने, मित्र कीराहरूको संरक्षण हुने गरी निमजन्य विषादी प्रयोग गर्ने गरेमा बाली जोगाउन सहज हुने उनले सुझाव दिए। रासायनिक विषादी प्रयोग गर्नुपरेमा प्राविधिकको परामर्शअनुसार मात्र काम गर्नुपर्ने उनको भनाइ थियो। रासस

images

प्रकाशित : बिहीबार , चैत २२ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस