शनिबार, असोज ५ गते २०८१    
images
images

भवन निर्माणमा भष्ट्रचार भएको भन्दै काठमाडौं महानगरका ५ कर्मचारीविरुद्ध मुद्दा दायर, निर्णय गर्ने मेयरलाई उन्मुक्ति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
images
भवन निर्माणमा भष्ट्रचार भएको भन्दै काठमाडौं महानगरका ५ कर्मचारीविरुद्ध मुद्दा दायर, निर्णय गर्ने मेयरलाई उन्मुक्ति

अख्तियारले काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले गरेको भवन निर्माणमा भ्रष्ट्राचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

images
images
images

टेकुस्थित भवन निर्माणमा  बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

तर अख्तियारले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति दिएको छ। ठेक्कामा अन्तिम निर्णय गर्नेलाई उन्मुक्ति दिएर कर्मचारीलाई भने अख्तियारले मुद्दा दायर गरेको छ।

ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै मुद्दा दायर गरेको हो।

images

अख्तियारले काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो। 


प्रकाशित : बुधबार, मंसिर २९ २०७८१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend