बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

उच्च तथा जिल्ला अदालतहरूमा डेडिकेट इन्टरनेट

images
बुधबार, चैत २१ २०८०
images
images
उच्च तथा जिल्ला अदालतहरूमा डेडिकेट इन्टरनेट
images
images

काठमाडौं- नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ।

images
images

टेलिकमले सम्झौतापत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेट इन्टरनेट र डेडिकेट इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस सर्भिस र पुल एसएमएस सर्भिस उपलब्ध गराउने भएको छ।

images
images

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका थिए।

images
images

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालतअन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुने टेलिकमले जनाएको छ।


प्रकाशित : बुधबार, चैत २१ २०८०१८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend