आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

२ खर्ब ३२ अर्बको लागतमा सुदूरपश्चिममा सार्वजनिक यातायातको विकास गरिने

images
शनिबार, चैत २४ २०८०
images
२ खर्ब ३२ अर्बको लागतमा सुदूरपश्चिममा सार्वजनिक यातायातको विकास गरिने

९ रुटमा सार्वजनिक यातायात सेवा सञ्चालन हुने छ। जसमा छोटो, मध्यम र लामो दुरीका रुटहरू तय हुनेछ।

images
images

काठमाडौं- आउँदो बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा राखिने परियोजनाहरूको विवरण लगानी बोर्डले तयार पारिरहेको छ। जसमा बोर्डले अहिलेसम्म १ सय ५० वटा आयोजना छनोट गरिसकेको छ।

images
images
images

छनोट भएका आयोजनाको बारेमा बोर्डले संक्षिप्त जानकारी दिनेगरी विवरण तयार पारिरहेको छ। सोहीअनुरुप बोर्डले सुदूपश्चिमका मुख्य सहरहरूमा सञ्चालन हुनेगरी सार्वजनिक यातायात सञ्चालनको परियोजना प्रोजेक्ट बैंकमा राखिएको छ। बोर्डले आयोजनाको नाम 'सुदूपश्चिम सार्वजनिक यातायात विकास आयोजना' राखेको छ।

images
images

पूर्वाधार विकासअन्तर्गत यो आयोजना राखिएको छ। बोर्डले आयोजनाको पूर्वअध्ययन सम्भाव्यता सकिएको जनाएको छ।

images
images

आयोजनाको कुल लागत अनुमान २ खर्ब ३२ अर्ब रुपैयाँ छ। प्रदेशभित्र विशेषगरी धनगढी, महेन्द्रनगर, अत्तरिया जस्ता ठूला सहरमा सार्वजनिक यातायातको बढ्दो माग पूरा गर्न र अन्तरप्रदेश माग पूरा गर्न यो परियोजनाको परिकल्पना गरिएको छ।

९ रुटमा सार्वजनिक यातायात सेवा सञ्चालन हुने विवरणमा उल्लेख छ। जसमा छोटो, मध्यम र लामो दुरीका रुटहरू तय हुनेछ। बोर्डले सार्वजनिक गरेको विवरणमा विद्युतीय तथा डिजेल बसहरू सञ्चालन हुने उल्लेख छ।

परियोजनाअन्तर्गत बस स्टपहरूसमेत निर्माण हुने छ। साथै बहुउद्देश्यीय बस टर्मिनल भवन तथा अन्य सहायक व्यावसायिक गतिविधिहरू सञ्चालन हुने गरी संरचना निर्माण हुने विषय उल्लेख छ।


प्रकाशित : शनिबार, चैत २४ २०८००७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend