शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

नक्कली लालपुर्जामा १९ करोड ऋण प्रकरण : कुमारी बैंकका डेपुटी सीईओलाई उन्मुक्ति 

images
बुधबार, मंसिर २९ २०७८
images
images
नक्कली लालपुर्जामा १९ करोड ऋण प्रकरण : कुमारी बैंकका डेपुटी सीईओलाई उन्मुक्ति 

काठमाडौं- काठमाडौं- गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा कुमारी बैंकका डेपुटी सीईओ विरुद्ध मुद्दा नचल्ने भएको छ। 

images
images

काठमाडौं-  गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा कुमारी बैंकका डेपुटी सीईओ अनुजमणि तिमिल्सिना  विरुद्ध मुद्दा नचल्ने भएको छ। 

images
images
images

विशेष सरकारी वकिल कार्यालयले उनी विरुध मुद्दा नचलाउने  निर्णय गरेको हाे। गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा प्रहरीले कुमारी बैंकमाथि अनुसन्धान सुरु गरेको थियो।  सिआइबीले  बैंकिङ कसुरमा १३ जनालाई प्रतिवादी बनाएकाे थियाे। तरऽ सरकारी वकिले मुद्दै  नचल्ने निर्णय गरेको हाे।

अनुसन्धान गर्दै प्रहरीले विशेष सरकारी वकिल कार्यालयमा फाइल बुझाएको  थियो। बैंकका कर्मचारीको समेत मिलेमतोमा कर्जा लगानी गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकिङ कसुरमा पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। तर अन्तत मुद्दा नचलाउने सरकारी निर्णय गरेको हो।  

images
नक्कली लालपुर्जामा १९ करोड : उन्मुक्ति दिन खोजिएका कुमारी बैंकका सीईओ फेरि अनुसन्धानमा तानिए


प्रकाशित : बुधबार, मंसिर २९ २०७८१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend