शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

तारागाउँ विकास समिति सचिव ज्ञवालीले दिए राजीनामा

images
बुधबार, मंसिर २९ २०७८
images
images
तारागाउँ विकास समिति सचिव ज्ञवालीले दिए राजीनामा
images
images

काठमाडौं-  तारागाउँ विकास समितिका सचिव जिवेन्द्र ज्ञवालीले राजीनमा दिएका छन्। उनले म‌ंसिर २० गते राजीनामा दिएका हुन्। 

images
images
images

ज्ञवालीले आफूलाई काम गर्न असहज भएपछि राजीनामा दिएको बताएका छन्। सचिव ज्ञवालीले तारागाउँ विकास समितिको सचिव पदमा बसेर अनैतिक काम गरेको भन्दै आधा दर्जन भन्दा बढी उजुरी पनि परेको छ। 

ज्ञवालीले ४९ वर्षका लागि लिज भाडामा दिएको तारागाउँ विकास समितिको जग्गामा सञ्चालन भएको तारागाउँ रिजेन्सी (ह्यात) होटलको समय अवधि २१ वर्ष बाँकी हुँदैहुँदै थप २८ वर्ष समय थप्ने प्रस्ताव तयार पारेको भन्दै उजुरी परेको थियाे। ज्ञवालीको प्रस्ताव तारागाउँ विकास समितिको सञ्चालन समितिबाट समेत विरोध भएको स्राेतकाे दाबी छ।

images

यसैगरी उनले तारागाउँ विकास समितिले ठेक्कामा बनाइरहेका होटलमा आफ्नै परिवारको सदस्यलाई समेत नियुक्ति दिइ भुक्तानी गरेको विषयमा समेत उजुरी परेकाे थियाे। 

images

उनीविरुद्ध परेका उजुरीका विषयमा ज्ञवालीसँग साेध्दा उनले आफूलाई काम गर्न असजह भएपछि राजीनामा दिएकाे तर आरोपमा आएका कुरा सत्य नभएको दाबी गरेका छन्। समितिका अध्यक्षबाट काम गर्ने असहज भएपछि आफूले राजीनामा दिएकाे उनकाे दाबी छ। होटलकाे लिज अवधि बढाउने विषयमा केही काम समेत नगरेकाे उनले दाबी गरे। साथै आफ्नाे परिवारका सदस्यलाई कुनै पनि काम लगाएर भुक्तानी नगरेकाे ज्ञवालीकाे भनाइ छ।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend