बिहीबार , जेठ ३ गते २०८१    
images
images

सहकारीको विवरण माग्दै काभ्रेका स्थानीय तह, नबुझाउनेको दर्ता खारेजीको चेतावनी

images
बुधबार, चैत २१ २०८०
images
images
सहकारीको विवरण माग्दै काभ्रेका स्थानीय तह, नबुझाउनेको दर्ता खारेजीको चेतावनी

सहकारीको सेयर सदस्य र सेयर पुँजी तथा बचत संकलन र ऋण लगानीसमेतको विवरण माग गरिएको छ। विवरण नबुझाउनको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ।

images
images

काभ्रेपलाञ्चोक- तेमाल गाउँपालिका कार्यालयले स्थानीयस्तरका सहकारी संस्थालाई १५ दिनभित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गर्दै पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्‍यो। जारी सूचनामा कार्यालयद्वारा दिइएको समय सीमाभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रियासमेत अगाडि बढाइने उल्लेख गरिएको थियो।

images
images
images

सूचनामा गाउँपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले सम्पूर्ण (बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि तथा अन्य सहकारी संस्था)सहकारीले तोकिएको समयमा आवश्यक कागजात सार्वजनिक गर्न अपिल गरिएको हो।

images

'तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउने छौँ', गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन प्याकुरेलले भने। उनका अनुसार सहकारीको सेयर सदस्य र सेयर पुँजी तथा बचत संकलन र ऋण लगानीसमेतको विवरण माग गरिएको छ।

images
images

केही हप्ताअघि पाँचखाल नगरपालिकाले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० को सुझाव तथा नगरको सहकारी ऐन-२०७५ को दफा ५२ को (१)उपदफा बमोजिम सहकारी संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य तथा व्यवस्थापकको सम्पत्ति विवरण र उनीहरुले संस्थाबाट लिएको ऋणको विवरण, तीनपुस्ते विवरण, तथा संस्थाका नाममा रहेको जमिन एवं घरको कागजातसमेत बुझाउन नगरले निर्देशन दिएको थियो। 

images
images

नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार नगरभित्रका सबै प्रकृतिका सहकारीलाई कारोबार एवं गतिविधि दुरुस्त राखी आ-आफ्ना विवरण ‘कोपोमिस’मा प्रविष्ट गर्न निर्देशन दिइएको छ। पाँचखालमा सबै प्रकृतिका एक सय ४१ सहकारी छन्। यस्तै नगरले सबै प्रकृतिका सहकारी संस्थालाई ‘बचत कार्ययोजना’ निर्माण गर्नसमेत निर्देशन दिएको छ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्या समाधानका लागि सेयर सदस्यको माग बमोजिम बचत फिर्ता गर्ने गरी बचत कार्ययोजना बनाउन नगरका सम्पूर्ण सहकारी संस्थाहरुलाई निर्देशन दिएको हो। 

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकका अनुसार दर्ता भएका एक हजार चारसय ९५ सहकारीमध्ये हाल छ सय ४६ वटा मात्रै सञ्चालनमा छन्।

हाल सञ्चालित सहकारीमा छ लाख ७९ हजार आठ सय १८ जना सेयर सदस्य रहेको तथ्यांक छ। संघले जिल्लास्थित सहकारी संस्थाको अनुगमन, निरीक्षणका क्रममा आठ सय ४९ वटा सहकारीको अवस्था ‘अज्ञात’ रहेको जनाएको छ।

images

प्रकाशित : बुधबार, चैत २१ २०८००२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend