आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

images
बुधबार, चैत २१ २०८०
images
नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

टेलिकमका अनुसार ६ महिने प्याकेजमा न्यूनतम ६ रूपैयाँ र अधिकतम पाँच सय २५ रूपैयाँ पर्नेछ।

images
images

काठमाडौं- नेपाल टेलिकमले आलाकार्टा प्रणाली सुरु गरेको छ। कम्पनीले सञ्चालन गरेको आईपी टिभी (एनटी टिभी) मा ग्राहकले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न मिल्नेगरी यो प्रणाली लागु गरेको हो।

images
images
images

यससँगै अब ग्राहकले बेसिक प्याकेज, प्रिमियम प्याकेज वा आवश्यकताअनुसार बुकेट प्याकेजमा थप गरी प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बेसिक प्याकेज लिएका ग्राहकले आफ्नो आवश्यक्ताअनुसार बुकेट प्याकेज खरिद गर्न सक्ने टेलिकमले जानकारी दिएको छ।

images
images

आलाकार्टा प्रणालीअन्तर्गत ग्राहकले मासिक स्टार बुटेक प्याकेजको ६५ रूपैयाँ र ६ महिनाको एक सय ९५ रूपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मासिक प्याकेजमा न्यूनतम २ रूपैयाँ र अधिकतम एक सय ७५ रूपैयाँ पर्नेछ।

images
images

टेलिकमका अनुसार ६ महिने प्याकेजमा न्यूनतम ६ रूपैयाँ र अधिकतम पाँच सय २५ रूपैयाँ पर्नेछ। 

टेलिकमले सुरुको तीन महिनाभित्र सबै प्रिमियम प्याकेजसहित वार्षिक प्याकेज लिँदा प्रतिमहिना तीन सय ६० रूपैयाँका दरले तिर्दा हुने जानकारी दिएको छ।

वार्षिक प्याकेज लिँदा ५० एमबीपीएसको १२ हजार रूपैयाँ, १०० एमबीपीएसको १४ हजार ९ सय ९९ रूपैयाँ, १५० एमबीपीएसको १६ हजार ४ सय ९९ रूपैयाँ र २०० एमबीपीएसको १९ हजार ९ सय ९९ रूपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, चैत २१ २०८०१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend