आइतबार, भदौ २३ गते २०८१    
images
images

लगातार चौथो महिनामा पनि घट्यो रेमिट्यान्स, शोधनान्तर १ खर्ब ५० अर्बले घाटामा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
images
लगातार चौथो महिनामा पनि घट्यो रेमिट्यान्स, शोधनान्तर १ खर्ब ५० अर्बले घाटामा 

यो अवधिमा मूल्यवृद्धिदर भने ५.३२ प्रतिशतमा सीमित रहेको छ। 

images
images

काठमाडौं- कात्तिक महिनामा पनि रेमिट्यान्स घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकमा अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.५ प्रतिशत घटेको छ। 

images
images
images

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँ तिरहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। कात्तिकसम्म आउँदा लगातार चौथो महिनासम्म रेमिट्यान्समा ह्रास देखिएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा ३ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिकएको छ। यो गत वर्षको तुलनामा ७.५ प्रतिशतले न्यून हो। 

आयातको वृद्धिदरमा भने केही लगाम लागेको छ। कात्तिकसम्मको तथ्यांक अनुसार गत वर्षको तुलामा ६१ प्रतिशतले आयात वृद्धि भएको छ। शतप्रतिशतले निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन। 

images

चार महिनाको तथ्यांकअनुसार २ खर्ब २३ अर्ब १९ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता १९ अर्बले बचतमा थियो। 

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा १५० अर्ब ३८ करोड पुगेको छ। भदौको तुलनामा असोजमा केही सुधार भएको शोधनान्तर कात्तिकमा भने एक्कासी बढेको छ। 

कात्तिक मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ बराबरको रहेको छ। यो असारको तुलनामा ११ प्रतिशतले न्यून हो। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो। 

अहिलेको सञ्चितिले ७.९ महिनाको वस्तु तथा ७.२ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकको अनुमान छ। चार महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो। 

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ गरिएपनि वस्तु आयातमा अहिलेसम्म प्रतिबन्ध लागेको छैन। 

यो अवधिमा मूल्यवृद्धिदर भने ५.३२ प्रतिशतमा सीमित रहेको छ। 


प्रकाशित : बुधबार, मंसिर २९ २०७८१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend