आइतबार, वैशाख २३ गते २०८१    
images
images

हरियाली र सुन्दर सहरका लागि भित्ते बगैँचामा दुईसय फूल रोपियो

images
images
images
हरियाली र सुन्दर सहरका लागि भित्ते बगैँचामा दुईसय फूल रोपियो

भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन्। लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ।

images
images

काठमाडौं- काठमाडौँ महानगरपालिकाले भित्ते बगैँचामा आज दुईसय फूल र लहरा बोटका बिरुवा रोपेको छ।

images
images
images

पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाअन्तर्गत कामपाले रत्नपार्कको आकाशे पुलका दुई भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेर सुरु गरेको हो। कामपाले चालु आर्थिक वर्षमा एक लाख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाका रुपमा उक्त कार्यक्रम सञ्चालन गरेको हो।

images

यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा बिरुवा रोपिएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

images

उनका अनुसार रोपिएका फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) छन्। बेगमबेलीमा पनि गुलाबी, रातो, सेतो, पहेँलो, सुन्तला गरी विभिन्न प्रकारका फूल फुल्ने बिरुवा छन्।

images
images
wall garden-.jpg

सामान्यतयाः यो जातको फूल चारदेखि छ महिनासम्म फुलिरहन्छन्। यी बिरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ। यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिने श्रेष्ठको भनाइ छ।

त्यसैगरी, हरियाली हुने होया, मनिप्लान्ट, आइभ्यूका बिरुवा रोपिएका छन्। यी बिरुवा लहरिँदै बढ्दै जान्छन्। यी आकाशे पुलका भित्ता साढे ३२ मिटर लामा छन्। उचाइ साढे छ मिटरसम्म छ।

भित्ताको जमिन सतहमा खाडल खनेर फूलका बिरुवा रोपिएका छन्। लहराउने बिरुवालाई गमलामा झुन्ड्याइएको छ। यसमा बिरुवा लहराउन भित्ताभरि दुई/दुई वर्गमिटरका जालीदार बार बनाइएको छ। उक्त कार्य नौ लाख ५६ हजार रूपैयाँ लागतमा सम्पन्न गरिएको हो। रासस

images

प्रकाशित : बुधबार, चैत २१ २०८०१२:५९

प्रतिक्रिया दिनुहोस