आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

images
बुधबार, चैत २१ २०८०
images
images
भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत माग तीव्र रुपमा बढेको छ।

images
images

हनोई- औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ।

images
images

भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१-२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ। भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ।

images
images

पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत माग तीव्र रुपमा बढेको छ। 

images
images
images

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ।

साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरुमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ। रासस/सिन्ह्वा


प्रकाशित : बुधबार, चैत २१ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend