शुक्रबार, जेठ ४ गते २०८१    
images
images

महाकाली सिँचाइ आयोजना : असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य

images
बुधबार, चैत २१ २०८०
images
images
महाकाली सिँचाइ आयोजना : असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य

कुल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै दुई हजार नौ सय मिटरको कृष्णपुरको गुलरिया नहर र चार किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।

images
images

कञ्चनपुर- महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको छ।

images
images
images

हालसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको तेस्रो चरण आयोजनाका सीडीई उमेश गुप्ताले जानकारी दिए। मूल नहर निर्माणको काम २०६४ सालदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट सुरु भएको हो।

images

कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी कुल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य साथ आयोजना निर्माण सुरु गरिएको हो। 'कुल २८ किलोमिटरदेखि मालाखेतीसम्म निर्माणका लागि पाँच वटा प्याकेजमा ठेक्का भइसकेको छ', सीडीई गुप्ताले भने, 'ठेक्का भएकामध्ये केहीले काम सुरु गरिसके बाँकी सुरुवातको तरखरमा छन्।'

images
images

कुल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै दुई हजार नौ सय मिटरको कृष्णपुरको गुलरिया नहर र चार किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।

images
images

'शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि मालाखेतीसम्म मूल नहर र अन्य नगर गरी दुई ५० करोड अर्ब रूपैयाँ बजेटको प्याकेज हो', सीडीई गुप्ताले भने, 'यता मूल नहर निर्माण भएका क्षेत्रमा दुई वटा शाखा नहर निर्माण भइसकेका छन्।' 

डेढ दशकअघि सुरु भएको आयोजनाको २०७५ सालमा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो। राष्ट्रिय गौरवको प्राथमिकतामा परेपछि मात्रै आयोजनाले गति लिएको हो। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend