बिहीबार , जेठ ३ गते २०८१    
images
images

यसवर्षको बिस्केटजात्रा आगामी मंगलबारदेखि, रथ निर्माण तीव्र

images
बुधबार, चैत २१ २०८०
images
images
यसवर्षको बिस्केटजात्रा आगामी मंगलबारदेखि, रथ निर्माण तीव्र
फाइल तस्बिर

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले ४० लाख रूपैयाँको बजेट विनियोजन गरेको छ।

images
images

भक्तपुर- प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यसवर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ।

images
images
images

नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइन्छ। साथै बैशाख १ गते दिनभर ल्यासिङखेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढाल्ने प्रचलन छ। जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जनाइएको छ।

images

टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरवको रथको आजबाट छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिए। 

images
images

उनले आजैबाट भद्र्रकालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताए।

images
images

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने उनले जानकारी दिए।

'रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो र बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ। जात्रा व्यवस्थापन समितिसमेतको टोलीले डोरीको परीक्षण गर्नेछ', उनले भने, '५५ हात लामो, नाङ्लो जस्तो फराकिलो फेद भएको दुईवटा लिंगो यसवर्ष दाताले ल्याइएदिएका छन्, यसवर्ष चैत २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपरान्ह ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ।'

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण, डोरी, बेत, विभिन्न साइजका काठ खरिद एवं ज्याला, रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले ४० लाख रूपैयाँको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने बताए।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जंगलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend