आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बारामा यसवर्ष दुई लाख ७१ हजार मेट्रिकटन धान उत्पादन

images
बुधबार, चैत २१ २०८०
images
बारामा यसवर्ष दुई लाख ७१ हजार मेट्रिकटन धान उत्पादन

गत वर्ष दुई लाख ५० हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यसवर्ष धान उत्पादनमा वृद्धि भएको हो।

images
images

कलैया- बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन्।

images
images
images

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो।

images
images

त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो। सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो।

images
images

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए। अग्हनी प्रतिक्विन्टल तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो। गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend