आइतबार, भदौ २३ गते २०८१    
images
images

उतारचढावमै सेयर बजार, विश्लेषक भन्छन्- केही सयम यस्तै हो, २३ सय ७२ भन्दा तल झर्दैन

images
बुधबार, मंसिर २९ २०७८
images
images
उतारचढावमै सेयर बजार, विश्लेषक भन्छन्- केही सयम यस्तै हो, २३ सय ७२ भन्दा तल झर्दैन
images
images

काठमाडौं- बुधबार सेयर बजार उतारचढावका बीच झिनो अंकले घटेको छ। मंगलबार सकारात्मक सर्किट लागेको बजार बुधबार भने ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा रोकिएको छ। बुधबार ४ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images
images

यसअघि मंगलबार सेयर बजारमा कारोबार ६ प्रतिशले बढेपछि बजार बन्द भएको थियो। मंगलबार ६.०१ प्रतिशतले बजार बढेको थियो। मंगलबार १३७.१८ अंकले बजार बढेर २४१८.८५ बिन्दुमा पुगेर बजार बन्द भएकोक थियो। मंगलबार १८८ कम्पनीको कारोबार भएकोमा सबैमा हरियाली छाएको थियो। तर कारोबार रकम १ अर्ब ८४ करोड रुपैयाँको मात्रै थियो।

बुधबार बजारमा उत्तरचढाव देखिए पनि अब बजारमा ठूलो अंकको गिरावट नआउने विश्लेषकहरूको भनाइ छ। बजार केही सयम २५२० अंक आसपास रहने र त्यसपछि बढ्ने बताउँछन्। 

विश्लेषक विष्णु बस्यालले सेयर बजार २३०० देखि २३७० भन्दा तल नजाने र त्यसपछि बढ्ने बताउँदै आइरहेका छन्। उनले अबको दिनमा केही उतरचढाव देखिए पनि बजारले नयाँ अंकको रेकर्ड बनाउने दाबी गरेका छन्।

images

विश्लेषक छोटेलाल रौनियार र अम्बिका प्रसाद पौडेलले पनि बजारले नयाँ अंकको रेकर्ड लिने बताउँदै आएका छन्। तर लगानीकर्ताले राम्रो कम्पनी हेरेर खरिद बिक्री गर्नु पर्ने विश्लेषकहरूको भनाइ छ।

‘बजार अब घट्दा नै पनि २२ सय अंकभन्दा तल झर्दैन। अब बजार जसरी पनि बढ्ने हो। बुलिस ट्रेण्ड सकिएको छैन’ विश्लेषक विष्णु बस्यालले भने। 

विश्लेषक छोटेलाल रौनियार सेयर बजारमा राम्रो सम्भावना रहेको र पुँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउने र प्रतिकूल हुँदा धैर्यता अपनाउनुपर्ने बताउँछन्। 


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend