शनिबार, साउन १२ गते २०८१    
images
images
images

बंगलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा, चालु आठ महिनामा मात्रै दुई अर्बको घाटा

images
मंगलबार, चैत २० २०८०
images
images
बंगलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा, चालु आठ महिनामा मात्रै  दुई अर्बको घाटा

चालु आवको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार रूपैयाँ मूल्य बराबरको मालसामान आयात हुँदा बंगलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार रूपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ।

images

झापा- नेपालले एक दशकयता बंगलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ। आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै दुई अर्ब ४३ करोड आठ लाख ९० हजार रूपैयाँ व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ।

images
images

नेपाल र बंगलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिठ्ठाबाट भारतको फूलबारी हुँदै बंगलादेशको बंगलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहनमार्ग प्रयोग हुँदै आएको छ।

images

नेपाल, भारत र बंगलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहनमार्ग पाएको हो। त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बंगलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन।

images

चालु आवको आठ महिनामा बंगलादेशबाट दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार रूपैयाँ मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ। सोही अवधिमा बंगलादेशतर्फ १६ करोड ५६ लाख ४२ हजार रूपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ।

बंगलादेशसँग आव २०७९/८० मा पाँच अर्ब १८ करोड नौ लाख १३ हजार रूपैयाँ, आव २०७८/७९ मा १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७/७८ मा छ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६/७७ मा चार अर्ब २४ लाख आठ हजार, आव २०७५/७६ मा दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४/७५ मा ४५ करोड ५५ लाख ६५ हजार रूपैयाँ व्यापार घाटा भएको भन्सारको तथ्यांक छ।

यसैगरी, आव २०७३/७४ मा दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१/७२ मा एक अर्ब ४० करोड ९७ लाख १३ हजार रूपैयाँ व्यापार घाटा भएको छ। त्यसअघिका चार वर्ष बंगलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ।

आव २०७०/७१ मा आयातको तुलनामा ६० करोड ७७ लाख १२ हजार रूपैयाँ मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो। उक्त आवमा बंगलादेशबाट एक अर्ब ४८ करोड ९० लाख ४२ हजार रूपैयाँ मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट दुई अर्ब नौ करोड ६७ लाख ५४ हजार रूपैयाँ मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो।

यसैगरी, आव २०६९/७० मा ५८ करोठ २७ लाख ४९ हजार, आव २०६८/६९ मा एक अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७/६८ मा दुई अर्ब ३९ करोड ६९ लाख ११ हजार रूपैयाँ व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बंगलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखे। चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग)बाट बंगलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उनले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमासमेत चलहपहल बढ्ने बताए।

'कोभिडदेखि काँकरभिठ्ठाबाट बंगलादेशी पर्यटक आउन ठप्प भइरहेको छ', उनले भने, 'नेपाली अलैँची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बंगलादेशमा ठूलो माग छ। निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन।' रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend