आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार, राम्रो आम्दानी गर्दै व्यापारी

images
मंगलबार, चैत २० २०८०
images
images
गर्मीसँगै बढ्यो खर्बुजाको व्यापार, राम्रो आम्दानी गर्दै व्यापारी

चैत लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका व्यवसायी अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको बताउँछन्।

images
images

गाईघाट- गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ। गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै  यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन्।

images
images

चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजारदेखि बढीको खर्बुजाको बिक्री हुने गरेको छ।

images
images

गाईघाट बजार पिलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए। चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याएर गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए।

images
images
images

चैतदेखि जेठ महिनासम्म खर्बुजाको राम्रो कारोबार तथा व्यापार हुने गरेको छ। प्रतिकिलो ४० देखि ६० रूपैयाँ सम्ममा खरिद गरेर ल्याई गाईघाटमा न्यूनतम ८० रूपैयाँदेखि एक सय २० किलोसम्ममा बिक्री गर्ने गरेको व्यापारीहरु बताउँछन्। गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयवासीले खर्बुजा खाने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend