आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

पर्यटनमन्त्री भन्छन् - वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री होइन

images
मंगलबार, चैत २० २०८०
images
images
पर्यटनमन्त्री भन्छन् - वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री होइन

पर्यटनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको भन्दै कुनै कमजोरी भएको पाइए कानूनी दायरामा ल्याइने बताए।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारेका छन्।

images
images

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, 'व्यवस्थापन करार भनेको बिक्री होइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि व्यापक छलफल हुने नै छ।'

images
images

मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले यस सम्बन्धमा मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे।

images
images
images

सांसद सुवालले पर्यटनमन्त्रीसमक्ष निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपातलाई अन्त्य नगरी निगमलाई व्यवस्थापन करार दिने प्रक्रिया किन सुरु गरियो भनी  प्रश्न सोधेका थिए।

पर्यटनमन्त्री तामाङले निगमभित्रको आर्थिक अनियमितता भ्रष्ट्राचार र पक्षमता अन्त्य गर्न मन्त्रालय दृढ रहेको विश्वास व्यक्त गरे। उनले भने, 'निगम नेपालको महत्वपूर्ण सार्वजनिक संस्थान हो। निगमको संस्थागत सुधार, व्यावसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनेगरी मन्त्रालयले सुधारको पहलकदमी लिएको छ, विभिन्न समिति गठन गरेर सुझाव लिँदै कार्यान्वयनमा लगिएको छ।'

निगमले सार्वजनिक क्षेत्र भएको हैसियतले क्षेत्राधिकारमा रहेर निगमले काम गरिरहेको, निगमले बिनाप्रतिस्पर्धा कुनैपनि निकायसँग कुनैपनि किसिमको काम नगर्ने र काम गर्नुपरे कानूनबमोजिम पारदर्शी ढंगले गर्ने बताए।

मन्त्री तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको र कुनै कमजोरी भएको पाइए कानूनी दायरामा ल्याइने बताए। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend