बिहीबार , जेठ ३ गते २०८१    
images
images

बर्दघाटमा सांसद विनोद चौधरीको पहलमा अगाडि बढेको ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान

१५ करोड रुपैयाँ लागत

images
मंगलबार, चैत २० २०८०
images
images
बर्दघाटमा सांसद विनोद चौधरीको पहलमा अगाडि बढेको ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान

निर्वाचनका बेला चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धताअनुसार सांसद चौधरीको पहलपछि भवन निर्माणको कामले सार्थकता पाएको हो।

images
images

काठमाडौं- सांसद विनोद चौधरीले प्रक्रिया अगाडि बढाएको पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ।

images
images
images

सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले मंगलबार ठेक्का आह्वान गरेको हो। १५ करोड बजेट लागतको वहुवर्षीय ठेक्काअन्तर्गत सघन सहरी तथा भवन निर्माण योजनाले टेन्टर खोलेको हो। 

images

नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता चौधरीको पहलमा ट्रमा सेन्टर निर्माणका लागि ठेक्का आह्वान भएको हो। चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिवद्धताअनुसार काम अगाडि बढेको हो। 

images
images

अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको वहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएपछि सघन सहरी तथा भवन निर्माण योजना, चितवनले बनाएको डिजाइन आइतबार सहरी विकास तथा भवन निर्माण विभागले स्वीकृत गरेको थियो। 

images
images

निर्वाचनका बेला चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धताअनुसार सांसद चौधरीको पहलपछि भवन निर्माणको कामले सार्थकता पाएको हो।

आव २०८२/०८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथ भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ।

चिसापनी अस्तापलमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरूबाट थुप्रै अवरोधहरू भए पनि विनोद चौधरी तथा उनको सचिवालयबाट निरन्तर प्रयासको फलस्वरूप यो स्वीकृतिको सफलता प्राप्त भएको भन्दै स्थानीयसमेत खुसी भएका छन्।

सांसद चौधरीले चुनावको समयमा जनतासँग गरेको वाचामध्येको यो ट्रमा अस्पताल निर्माण पनि एक हो। उनले यसलाई गौरवको आयोजनाको रूपमा राखेका छन्।

6a7518bb-03f0-441e-8c5b-41e403f67989.jpg

प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद चौधरीले नवलपरासीको विकासका लागि आफूलाई केन्द्रित गर्दै आएका छन्। उनले निर्वाचनका बेला गरेका प्रतिवद्धता कार्यान्वयनका लागि व्यवस्थित विकासको अवधारणाअनुसार काम गर्दै आएका छन्।

ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको नवलपरासी-बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीहरूले सहज उपचार पाउने छन्। 

सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउनेमा जोड दिँदै आएका छन्।

चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रुपमा अघि बढाउने काम भइरहेको छ। फाउण्डेसनकै सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना)  सञ्चालनमा छ। यो सेवा नागरिकले नि:शुल्क प्राप्त गर्नेछन्।

WhatsApp Image 2024-04-02 at 15.01.25.jpeg


प्रकाशित : मंगलबार, चैत २० २०८००३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend