शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विपद्‌मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार रूपैयाँ राहत

images
मंगलबार, चैत २० २०८०
images
विपद्‌मा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई ५० हजार रूपैयाँ राहत

विपद्‌बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा २५ हजार र खाद्यान्न, तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा बढीमा २० हजार रूपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

images
images

गोरखा- गोरखा नगरपालिकाले विपद्लगायत अन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ।

images
images
images

नगरपालिकाले नगरक्षेत्र स्थायी बसोबास रहेका नागरिक विपद्‌मा परी मृत्यु भएमा, घाइते तथा अंगभंग भएमा राहत उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

images
images

नगरपालिका विपद् व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्दै नगरपालिकाले बालीनालीको क्षति, पशु मरेमा, घर, गोठ, टहरा पूर्णरुपमा क्षतिग्रस्त भएमा वा आंशिक क्षति भएमा पनि पीडितलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने व्यवस्था गरेको हो।

images
images

स्वीकृत कार्यविधि अनुसार विपद्को घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति ५० हजार रूपैयाँ तथा घाइते वा अंगभंग भएमा त्यस्ता व्यक्तिलाई १५ हजार रूपैयाँ उपलब्ध गराइनेछ। विपद्‌बाट नगरपालिकाभित्रका कुनै नगरवासीको पक्की घर पूर्ण क्षति भएमा २५ हजार रूपैयाँ, आंशिक क्षति भएमा १५ हजार रूपैयाँ, कच्ची घर पूर्ण क्षति भएमा २० हजार रूपैयाँ र आंशिक क्षति भएमा १० हजार रूपैयाँ राहतस्वरुप प्रदान गरिने नगरप्रमुख रानामगरको भनाइ छ।

विपद्‌बाट पक्की गोठ वा टहरा पूर्ण क्षति भएमा १० हजार रूपैयाँ, आंशिक क्षति भएमा सात हजार रूपैयाँ, सामान्य टहरो पूर्ण क्षति भएमा आठ हजार रूपैयाँ, सामान्य क्षति भएमा पाँच हजार रूपैयाँ, घरको आँगन, पर्खाल, कर्सा वा अन्य क्षति भएमा तीन हजार, आगलागीबाट परालको टौवा क्षति भएका बढीमा १० हजार रूपैयाँसम्म राहत दिने व्यवस्था कार्यविधिले गरेको छ।

कार्यविधिमा नगरपालिकाले कृषिबालीतर्फ हुने क्षतिमासमेत किसानलाई राहत उपलब्ध गराउने व्यवस्था गरेको छ।

'खाद्यान्न र तरकारीबाली, फलफूल तथा अन्य बालीनालीको क्षति भएमा प्राविधिकलागत अनुमानका आधारमा बढीमा २० हजार रूपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ', उनले भने, 'विपद्‌मा परेर पशुपक्षी तथा मत्स्यतर्फ पनि कार्यविधिले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ।'

नगरपालिकाले स्वीकृत गरेको कार्यविधिमा विपद्‌बाट भैँसी, गाईगोरुमा मरेमा प्रतिगोटा बढीमा १० हजार रूपैयाँ, भेडाबाख्रा, बंगुर तथा सुंगुर मरेमा बढीमा पाँच हजार रूपैयाँ, व्यावसायिक दता गरी सञ्चालनमा रहेका फार्ममा क्षति भएका २० हजार रूपैयाँ तथा गोठखोर क्षति पुगेमा १० हजार रूपैयाँसम्म क्षतिपूर्ति रकम उपलब्ध गराउने उनले बताए।

कार्यविधि स्वीकृत भएसँगै शनिबार चितवनको इन्छाकामना गाउँपालिका-५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर मुत्यु भएका गोरखा नगरपालिकाका पाँच जना मृतक र एक जना बेपत्ता भएका व्यक्तिको परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी तत्काल राहत उपलब्ध गराउने निर्णय पनि भएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend