आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

कनकाईमा प्लास्टिक ब्लक उत्पादन सुरु, सिमेन्टकोभन्दा झन्डै आधा मूल्यमा पाइने

images
मंगलबार, चैत २० २०८०
images
images
कनकाईमा प्लास्टिक ब्लक उत्पादन सुरु, सिमेन्टकोभन्दा झन्डै आधा मूल्यमा पाइने

एक करोड ७१ लाख रूपैयाँको लागतमा प्लास्टिक ब्लक मेकिङ मेसिन ल्याएर प्लास्टिक ब्लक उत्पादन सुरु गरिएको हो।

images
images

झापा- कनकाई नगरपालिकामा फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको कनकाई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले प्लास्टिक ब्लक (पेवर्स) उत्पादन सुरु गरेको छ।

images
images

स्थानीय सरकार तथा निजी लगानी रहेको सो ऊर्जा परियोजनाले दैनिक दुई हजार थान पेवर्स उत्पादन गर्ने गरी परीक्षण उत्पादन सुरु गरेको हो। प्लास्टिक ब्लक मेकिङ मेसिन एक करोड ७१ लाख रूपैयाँको लागतमा ल्याइएको परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए।

images
images

उनले सो मेसिनबाट दैनिक १० जनशक्तिको प्रयोग गरी २४ घण्टा नै पेवर्स उत्पादन गर्न सकिने बताए। उनले परीक्षणकालीन समय एक हप्ताका लागि भएको बताए भारतबाट ल्याइएको स्वचालित मेसिनले बालुवा र प्लास्टिकको मिश्रण आफै मिलाउने उनको भनाइ छ।

images
images
images

पहिलो चरणमा प्लास्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने र लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने गरेको उनले जानकारी दिए। विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने गरेको ब्लकको भार क्षमता ८० टन रहेको इ अलीले बताए। मर्मत राम्रो भएमा वर्षौँसम्म ब्लकले काम गर्ने उनको भनाइ छ।

प्लास्टिक र बालुवाबाट निर्मित ब्लकको मूल्य प्रतिगोटा १२ रूपैयाँ रहेको छ। उनले भने, 'सिमेन्टबाट निर्मित ब्लकको मूल्यभन्दा झन्डै आधा खर्चमा पाइन्छ। यस ब्लकबाट सडकदेखि घर कम्पाउन्ड निर्माण प्रयोग गर्न सकिन्छ।'

दैनिक दुई हजार ब्लक उत्पादन गर्न चार टन प्लास्टिक चाहिने ऊर्जा परियोजनाले जनाएको छ। उनका अनुसार हाल दैनिक डेढ टन प्लास्टिक मात्र परियोजनामा संकलन हुने गरेको छ। कनकाई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण भएको हो। बायोग्यास उत्पादन भइरहे पनि त्यसको बिक्री हुन नसकिरहेको परियोजनाले जनाएको छ।

परियोजना कनकाई, विर्तामोड र अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको २२ करोड रूपैयाँ लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि बायोग्यास प्लान्ट निर्माण गरिएको थियो। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend